होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

सभा पोखरी, पाख्रिवास र कन्काइ विजयी

लेखक
PalikaNews
श्रेणी
खेलकुद
मिति
२०८२-१२-११
हेरिएको
7 पटक

धनकुटा, चैत ११ गते । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिता सभा पोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् । हिले भलिबल क्लबको आयोजना मङ्गलवार सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको पहिलो खेलमा सङ्खुवासभाको सभा पोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५—१५, २५—१७ र २५—२३ को सोझो सेटले हराएको हो । त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५—१८, २५—१९ र २५—१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आम चोक गाउँपालिकालाई २१—२५, २५—२१ र २५—२० र २६—२४को सेटले पराजित गरेको क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो । 

प्रतियोगिता अन्तरगत बिहीबार सेमिफाइनल चरणका खेलहरू र शुक्रवार फाइनल खेल हुने छ । प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा कोसी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ । हिलेमा राम नवमीमा २०५५ साल वाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 


 

प्रतिक्रियाहरू (0)