धनकुटा, चैत १२ गते । भोजपुरको राम प्रसाद राई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हिले भलिबल क्लबको आयोजनामा धनकुटाको हिलेमा भइरहेको प्रतियोगिता अन्तरगत बिहीबार भएको सेमी फाइनल खेलमा राम प्रसादले धनकुटाको पाख्रिवास नगरपालिकालाई झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमी फाइनल खेलमा राम प्रसादले धनकुटाको पाख्रिवास नगरपालिकालाई २५—१६, १५—२५, २२—२५, २७—२५, १५—११ को सेटले पराजित गरेको हो । त्यस्तै झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई १७—२५, २५—२३ र २५—१८ र २५—१९ को सोझो सेटले पराजित गरेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।
फाइनल खेल शुक्रवार एक बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा कोसी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ । हिलेमा राम नवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रियाहरू (0)