होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

१८ औ संस्करणको राम नवमी कपको उपाधि कनकाईलाई

लेखक
PalikaNews
श्रेणी
खेलकुद
मिति
२०८२-१२-१३
हेरिएको
137 पटक

 चैत्र १३ गते । समाचारदाता झापाको कनकाई नगरपालिकाले हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । शुक्रवार हिले खेलमैदानमा भएको प्रतियोगितामा कनकाईले भोजपुरको राम प्रसाद राई गाउँपालिकालाई पराजित गर्दै उपाधि उचालेको हो । वेस्ट अफ फाइभ खेलाइएको खेलमा कनकाईले २५—१७, २५—२२, २५—१८ को सोझो सेटले पराजित गर्न सफल भएको हो । कनकाईले उपाधि सँगै नगद २ लाख २ हजार २२२ रुपैयाँ हात पा¥यो । उपविजेता राम प्रसाद राईले नगद १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ । बिजेता टोलीलाई धनकुटाका नगरपालिकाका मेयर चिन्तन तामाङले बितरण गर्नु भयो । मङ्गलवार वाट सुरु भएको प्रतियोगितामा कोसी प्रदेशका नौ पालिकाको सहभागिता रहेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो । धनकुटाको हिलेमा राम नवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 
 

 

प्रतिक्रियाहरू (0)