होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

भानु माविको ७३औँ वार्षिकोत्सवमा ३२ विद्यार्थीलाई छात्रवृत्ति

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८३-०८-१०
हेरिएको
134 पटक


धनकुटा । भानु माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव समारोह विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम गरीएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूले स्थापना गरेका २० वटा छात्रवृत्ति कोषमार्फत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ । त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा प्राथमिक शिक्षक श्री रमेश ढुङ्गाना २०५४ देखि निरन्तर सेवारत रहनुभएको र सजिना आङ्देम्बे स्मृति अक्षय कोषको तर्फबाट नगद १०००० रुपैया सहित सम्मानित हुनुभएको छ । कक्षा ८, १० र १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
बिद्यालयले बुधबार र बिहिबार गरी दुइ दिन ७३औँ वार्षिकोत्सव समारोह आयोजना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा सम्पन्न समारोहमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथि तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । मन्त्री पराजुलीले भानुमाबि जिल्लामै एक नमुना बिद्यालयको रुपमा रहेको बताउनु भयो । गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बिद्यालय तथा शैक्षिक क्षेत्र आफ्नो कार्यकालको पहिलो प्रथमिकतामा रहेको बताउनु भयो ।

वार्षिकोत्सवकै अवसरमा विद्यार्थीको सिर्जनशीलता, प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विज्ञान, गणित, इन्जिनियरिङ, अङ्ग्रेजी, नेपाली, सामाजिक तथा कला क्षेत्रसँग सम्बन्धित शैक्षिक प्रदर्शनीसमेत आयोजना गरिएको थियो। साथै विज्ञान तथा प्रविधि र गणित विषयमा प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक बद्री बजगाईंले जानकारी दिनुभयो।

 

प्रतिक्रियाहरू (0)