
रतुवामाई, माघ १८ – रतुवामाई नगरपालिकाको युवा तथा खेलकुद समिति द्वारा आयोजित "रतुवामाई मेयर कप फूटबल-क्रिकेट प्रतियोगिता २०८१" को फाइनल खेल भोलि सिजुवा खेलमैदान (रतुवामाई-७) मा भव्य रुपमा सम्पन्न हुने तयारी भइरहेको छ। प्रतियोगितामा नगरपालिकाका १० वटै वडाका फूटबल र क्रिकेट टिमले सहभागिता जनाएका छन्।
क्रिकेट फाइनल: क्रिकेटतर्फको फाइनल खेलमा रतुवामाई-१ र रतुवामाई-५ टिमहरू आमनेसामने हुनेछन्। दुवै टिम उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नका लागि उत्साहित छन्। विजेता टिमलाई ट्रफी, नगद ७५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता बनेको टिमले ट्रफीसहित नगद ४५ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
फूटबल फाइनल: फूटबलतर्फको फाइनल खेल रतुवामाई-६ र रतुवामाई-९ को बीचमा सम्पन्न हुनेछ। दुवै टिमले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। विजेता टिमलाई १ किलो चाँदी र १ तोला सुनको मेयर कप ट्रफी, नगद ७५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता बनेको टिमले ट्रफीसहित नगद ४५ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।समापन समारोहको तयारी पूरा भइसकेको छ। खेलप्रेमी दर्शकहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। समिति सदस्य सचिव कूल प्रसाद ताजपुरियाले प्रतियोगितालाई सफल बनाउन सबैको सहयोगको लागि आभार व्यक्त गरेका छन्।
COMMENT
.