होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

प्रचण्डसँग चुनावमा भिड्न लागेका २८ वर्षीय युवा

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१०-०८
हेरिएको
42 पटक

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि रूकुम पूर्वमा विभिन्न १२ राजनीतिक दलले उम्मेदवारी दर्ता गरिसकेका छन्। 

तीमध्ये एक छन् भूमे गाउँपालिका–९ चुनवाङका २८ वर्षीय सन्दीप पुन। जसले प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका हुन्। 

गत कात्तिकमा मात्रै अलग पार्टी गठन गरेका रूकुम पश्चिमका नेता पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र गोरखाका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीपले उम्मेदवारी दर्ता गरी मैदानमा खडा छन्। 

उनै सन्दीप ७१ वर्षीय पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सँग भिड्दै छन्।

चुनवाङका २८ वर्षीय सन्दीप पुनका अनुसार पार्टी विभाजन हुनुभन्दा पहिलै दसैंअघि नै रूकुम पूर्वबाट चुनाव लड्ने निधो गरिसकेका थिए।

सन्दीपका अनुसार प्रचण्ड जानी जानी रूकुम पूर्वमा भिड्न आएका हुन्।

‘उहाँको पार्टीबाट रूकुम पूर्वबाट नौ जनाको नाम सिफारिस भएको थियो तर प्रचण्डको नाम सिफारिस नै भएको थिएन। बरू कालिकोट र सिन्धुलीबाट उहाँको नाम एकल रूपमा सिफारिस भएको थियो,’ सन्दीपले भने।

प्रतिक्रियाहरू (0)