होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटामा उम्मेदवारविरुद्ध परेन उजुरी

लेखक
PalikaNews
श्रेणी
राजनीति
मिति
२०८२-१०-०९
हेरिएको
107 पटक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्बाचन अधिर्कतको कार्यलयले जनाएको छ । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङले जानकारी दिनुभयो । एक निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा १४ राजनितिक दल र ४ जना स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । उजुरी नपरेपछि दर्ता भएका सबै उम्मेदवारको मनोनयन कायम रहेको जनाइएको छ ।
कार्यालयका अनुसार अब उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक बिहीबार नै हुने, इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने समय शुक्रबार हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न शुक्रबार प्रदान गरीने जनाइएको छ ।

प्रतिक्रियाहरू (0)