
धनकुटा माघ २८ गते । धनकुटा नगरपालिका वडा नम्बर दशका युवा डगेन्द्र पौडेल खुल्ला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्नु हुन्छ । हिले र आसपासका डाँडा वाट मौसम खुलेको बेला आँखै अगाडी सुन्दर हिमाल देखिन्छ । पौडेल तिनै सुन्दर हिमाल हेरेर मोहित हुनुहुन्छ । मक्ख पर्नु हुन्छ । तर लहरै सुन्दर हिमाल देखिए पनि देखिने हिमाल कुन कुन हुन् भन्ने जानकारी आफूलाई नभएको पौडेल बताउनु हुन्छ । यो क्षेत्रबाट देखिने हिमाल कुन कुन हुन् भन्ने जानकारी कतै नभएकाले तथा कसैले भन्न समेत नसक्ने भएकाले हिमाल नचिनेको उहाँको भनाई छ । “हिमाल त सुन्दर देखिन्छ बर्सेनि हेर्छौ तर हेरको हिमाल कुन हो भन्ने कुरो चैँ अहिले सम्म पत्ता लाउन सकिएन न कसैलाई सोध्दा थाहा हुन्छ न कतै जानकारी नै छ” पौडेल भन्नुहुन्छ ।
सङ्खुवासभाका सुमन श्रेष्ठ धनकुटाको हिले बसेको करिब ४ वर्ष भयो । बिहानीको हिडाईमा खुल्ला मौसममा हिमाल लहरै देख्नु हुन्छ । तर देखिएका हिमाल कुन कुन हुन् भन्ने जानकारी उहाँलाई समेत छैन । मकालु हिमालचै सङ्खुवासभामा रहँदै देखि चिनेको भए पनि अन्य हिमालको नाम थाहा नभएको उहाँ बताउनु हुन्छ । “मकालु हिमालचै चिनिन्छ त्यो बाहेक कञ्चन्जंघाचै पल्लो छेउको हो कि जस्तो लाग्छ ती बाहेक अन्य दर्जन बढी देखिएका चुचुराचै कुन कुन हुन् थाहा छैन” श्रेष्ठ भन्नुहुन्छ । देखिएका हिमाल चिन्ने व्यवस्था भए हिमालको हेराई सार्थक हुने उहाँको भनाई छ ।
‘हामी हिमाललाई हेरेर मक्ख हुन्छौ । मक्ख पर्छौ सन् १८९४ मा हर्कवीर थापा, करवीर बुढाथोकीले स्वीटजरल्याण्डका पर्वत आरोहण गरेका कथा सुनेर । तर हामी हाम्रो हिमालको बारेमा अनभिज्ञ छौ‘ । यो वाक्यासं भूगोलविद् स्व. डा. हर्क गुरुङले लेख्नु भएको विषय विविध नामक पुस्तकको लेख नेपालका हिमाल नामक शीर्षकमा उल्लेख गरिएको छ । हिलेको लागि हिमाल त्यस्तै भएको छ । धनकुटा नगरपालिका वडा नम्बर एकमा रहेको हिले र हिले आसपास दुई हजार मिटर भन्दा बढी उचाइबाट पूर्वका धेरै हिमालको मनोरम दृश्य देखिन्छ । तर देखिएका मध्ये कञ्चनजङ्घा र मकालु बाहेकका अन्य देखिएका हिमाल कुन कुन हुन भन्ने पहिचान हुन सकेको छैन । जसका कारण हिमाल हेर्न आउने पर्यटक हिमाल हरेर मनोरञ्जन त लिन्छन् तर जानकारी भने लिन पाउँदैनन् ।
हिले करिब तिन दशक अघि सम्म हिमाल अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य थियो । मकालु तथा कञ्चन्जघां वेश क्याम्प जाने मुख्य नाका थियो । तर सडक अन्यत्र भएसँगै बिस्तार भए सँगै वेश क्याम्प जाने रुट मात्रै परिवर्तन भएन, बाह्य पर्यटक समेत हिमाल हेर्ने हिले आउन छाडे । अहिले आन्तरिक तथा अलि अलि भारतीय पर्यटक हिमाल अवलोकनको लागि हिले पुग्ने गरेका छन् ।
आठ हजार मिटर भन्दा बढी उचाइका विश्वकै अग्लो सगरमाथा त्यस्तै विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सहित चोयु, मकालु, ल्होत्से पूर्वमा पर्छन् । यी सम्पूर्ण हिमाल हिले वाट देखिने विभिन्न लेखमा उल्लेख गरेको पाइन्छ । त्यस्तै सात हजार भन्दा माथिका एक दर्जन बढी चुचुरो हिले वाट देख्न सकिने जनाइएको छ । तर कुन चुचुरो कुन हो भन्ने जानकारी पाउन निक्कै मुस्किल छ । हिले वाट ७,१४५ मिटरको गौरीसंखर हिमाल देखि पूर्वी सिमानामा रहेको ८५९८ मिटर उचाइको विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल बिचका अधिकांश चुली देखिने जनाइएको छ । यो बिचमा सात हजार मिटर भन्दा बढी उचाइका दुई दर्जन बढी चुचुरा रहेको भूगोलविद् स्व. डा. हर्क गुरुङले लेख्नु भएको विषय विविध नामक पुस्तकको लेख नेपालका हिमाल नामक शीर्षकमा उल्लेख गर्न भएको छ ।
हिले करिब तिन दशक अघि सम्म हिमाल अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य थियो । मकालु तथा कञ्चन्जघां बेस क्याम्प जाने मुख्य नाका थियो । तर सडक अन्यत्र भएसँगै बिस्तार भए सँगै बेस क्याम्प जाने रुट मात्रै परिवर्तन भएन, बाह्य पर्यटक समेत हिमाल हेर्ने हिले आउन छाडे । अहिले आन्तरिक तथा अलि अलि भारतीय पर्यटक हिमाल अवलोकनको लागि हिले पुग्ने गरेका छन् ।
आठ हजार मिटर भन्दा बढी उचाइका विश्वकै अग्लो सगरमाथा त्यस्तै विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सहित चोयु, मकालु, ल्होत्से पूर्वमा पर्छन् । यी सम्पूर्ण हिमाल हिलेबाट देखिने विभिन्न लेखमा उल्लेख गरेको पाइन्छ । त्यस्तै सात हजार भन्दा माथिका एक दर्जन बढी चुचुरो हिलेबाट देख्न सकिने जनाइएको छ । तर कुन चुचुरो कुन हो भन्ने जानकारी पाउन निक्कै मुस्किल छ । हिलेबाट ७,१४५ मिटरको गौरीसंखर हिमाल देखि पूर्वी सिमानामा रहेको ८५९८ मिटर उचाइको विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल बिचका अधिकांश चुली देखिने जनाइएको छ । यो बिचमा सात हजार मिटर भन्दा बढी उचाइका दुई दर्जन बढी चुचुरा रहेको भूगोलविद् स्व. डा. हर्क गुरुङले लेख्नु भएको विषय विविध नामक पुस्तकको लेख नेपालका हिमाल नामक शीर्षकमा उल्लेख गर्न भएको छ ।
यो समस्या धनकुटाको हिलेमा मात्र नभएर पूर्वका अधिकांश हिमाल देखिने स्थानको समस्या रहेको हिमालको क्षेत्रमा लामो समय काम गर्नु भएका नेपाल पर्वतारोहण सङ्घका मुख्य सल्लाहकार आङ छिरिङ शेर्पा बताउनु हुन्छ । धेरै डाँडाबाट सुन्दर हिमाल त देखिन्छन् तर एकाध बाहेक कुन हिमाल देखिएको हो भनेर चिन्नै मुस्किल छ । “आफ्नो स्थान वाट देखिने हिमाल कुन हो भन्ने तर्फ कसैले चासो दिएन । स्थानीय, स्थानीय पर्यटन व्यवसायी, स्थानीय सरकार तथा केन्द्र सरकारले यो बारेमा चासो नदिइँदा हिमाल चिन्न समस्या भएको हो” शेर्पा भन्नुहुन्छ । उचाइ, फैलावट, चहलपहल सबै हिसाबले पूर्वका हिमाल राम्रो अवस्थामा रहेको उहाँको दाबी छ । आफ्नो क्षेत्रबाट देखिने चुचुरा पहिचानको लागि स्थानीय, स्थानीय पर्यटन व्यवसायी, स्थानीय सरकार तथा केन्द्र सरकारले चासो दिनु पर्ने उहाँको जोड छ । विद्यालयका पाठ्यक्रममा समावेश हिमालको बारेमा जानकारी मूलक कार्यक्रम गराइनु पर्ने हिमालका बारेमा जानकारहरू सँग छलफल कार्यक्रम चलाए हिमालको अन्योल कम हुने उहाँको सल्लाह छ ।
धनकुटाको हिले सहित जेफाले, ध्वजे डाँडा, भेडेटार, पटेकडाँडा, ध्वजे डाँडा सांस्कृतिक पार्क आदि मुख्य हिमाल अवलोकन गर्ने क्षेत्र हुन् । त्यस्तै तेह्रथुमको तिनजुरे मिल्के क्षेत्र, भोजपुरको मुन्दुम ट्रेल, पाँचथरको पौवा भन्ज्याङ, लुब्रेकुटी, सिरौटी, रानीटार, सुकेपोखरी तथा इलामको सन्दकपुर, पाटेनागी, श्रीअन्तु, मेघमा, पशुपतिनगर आदि हिमाल अवलोकन गर्ने मुख्य क्षेत्र हुन् । सङ्खुवासभा र ताप्लेजुङका अधिकांश डाँडाबाट सुन्दर हिमाल देख्न सकिन्छ । देखिएका केही बाहेक अधिकांश हिमाल चिन्न समस्या रहेको स्थानीय बताउँछन् ।
पछिल्लो समय हिमाल पहिचान हुनुपर्ने माग पर्यटक तथा स्थानीयबाट हुने गरेको छ । हिमाल सँग सम्बन्धित संस्था तथा स्थानीय सरकार तथा सङ्घीय सरकारले यो बारेमा चासो दिनु पर्ने आवाज उठ्न थालेको छ । हिमाल नजिक पुग्न नसक्ने तर नियाल्न चाहनेहरूको लागि मध्य पहाड राम्रो स्थान भएकाले देखिने हिमाल पहिचान हुनुपर्ने धनकुटा हिलेका पर्यटन व्यवसायी श्रीराम रायमाझी बताउनु हुन्छ । हिमाल हेर्ने स्थान तोकेर फोटा वा सङ्केत मार्फत हिमाल चिन्न सक्ने व्यवस्था गरे हिमाल को महत्त्व बढ्नुको साथै हिमाल हेर्ने पर्यटक पनि बढ्ने उहाँको अनुमान हुन्छ । “हिमाल प्रति चासो राख्ने जानकारी लिन खोज्ने समूह धेरै छ तराइ तथा भारतको बिहारका बासिन्दाको लागि मध्य पहाड हिमाल अवलोकन गर्ने सबै भन्दा नजिकको एक राम्रो गन्तव्य हो यसको प्रवर्द्धन गर्नसके तथा हिमालको बारेमा आएका पर्यटकलाई जानकारी दिन सके मध्य पहाडमा पर्यटकको चाँप बढ्ने छ” रायमाझी भन्नु हुन्छ ।
COMMENT
.